अपडेट 
२०७७ श्रावण ५, सोमबार ०७:४५

महोत्तरी – बर्दिवास नगरपालिकाको रातु नदीमा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गएको छ । आइतबार स्थानीय रातु नदीमा रहेको पानी जमेको खाडलमा पौडी खेल्ने क्रममा बर्दिवास नगरपालिका १४ का रोहित मिश्रको डुबेर ज्यान गएको हो । पौडी खेल्ने क्रममा पानी डुबेका मिश्रको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News