अपडेट 
२०७७ श्रावण ५, सोमबार १२:३७

सर्लाहीमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

बरहथवाबाट नयाँ रोडतर्फ जाँदै गरेको बिआर ३० आर १७४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.३८ प. ८०७४ नम्बरको मोटरसाइकल बरहथवा नगरपालिका ६ मा ठक्कर खाएको प्रहरीको भनाइ छ ।उक्त दुर्घटनामा बीआर ३० आर १७४८ नम्बरको मोटरसाइकलका चालक बरहथवा नगरपालिका ५ बस्ने २३ वर्षीय विवेक साहको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगञ्जतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २१ वर्षीय आस महम्द, बा. ३८ प. ८०७४ नम्बरको मोटरसाइकल चालक बसवरिया गाउँपालिका ३ भवानीपुर बस्ने ३१ वर्षीय नवलाल साह र पछाडि सवार सोही ठाउँका ४८ वर्षीय रामसुधिर साह घाइते भएका छन् ।

घाइतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको र ठोक्किएका दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News