अपडेट 
२०७७ श्रावण ५, सोमबार १६:४४

नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ८६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभरका २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार एक सय ८६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आजसम्म प्रदेश नम्बर १ मा ८ सय ४५, प्रदेश नम्बर २ मा ४ हजार ६ सय २५, बागमती प्रदेशमा ८ सय ५९ र गण्डकी प्रदेश १ हजार ३ सय ९३ जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ९१, कर्णाली प्रदेशमा १ हजार ८ सय २५ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९५ जनामा संक्रमण देखिएको छ । सोमबार ४ हजार २ सय १६ गरी आजसम्म ३ लाख १९ हजार ८ सय ७२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना जितेर एक सय ७३ जना घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या हालसम्म ११ हजार ८ सय ६८ पुगेको प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News