अपडेट 
२०७७ श्रावण ६, मंगलवार ०६:५३

सरकारले लगातारकाे वर्षाका कारण सरुवा राेगकाे जाेखिम बढेकाे जनाएकाे छ ।

वर्षाका कारण आएकाे बाढी पहिरोले गर्दा दूषित पानीका कारण विभिन्न सरुवा रोगको जोखिम रहेको भन्दै सचेत रहन सरकारले आग्रह गरेकाे हाे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यो बेला झाडापखाला, आउँ, हैजा, टाइफाइडजस्ता रोगहरु देखा पर्ने गरेकोले सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

फोहर पानी र असन्तुलित खानपिनका कारण सरुवा रोगको सङ्क्रमण बढ्ने गरेको उहाँँको भनाइ छ । विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती यस्ता रोग/सङ्क्रमणको जोखिममा रहेकाले उनीहरुको ख्याल गर्न मन्त्रालयका प्रवक्ता गौतमले आग्रह गर्नुभएको छ । कोरानाको जोखिम पनि बढेकाले सचेत भइ सुरक्षित रहन उहाँले सुझाव दिनुभएको छ । उहाँले सम्बन्धित सबैमा उद्धार, राहत र पूर्वतयारीका लागि तयार रहन निर्देशन पनि दिनुभएको छ । 

Comment


Related News