अपडेट 
२०७७ श्रावण ६, मंगलवार १४:२३

भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ५८७ जनाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २८ हजार ८४ पुगेको छ ।

साथै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ११ लाख ५५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट ३७ हजार १४८ नयाँ संक्रमित फेला परेका हुन् ।

Comment


Related News

Latest News

Trending News