अपडेट 
२०७७ श्रावण ७, बुधबार १८:५६

प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ३१ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण पुष्टि भएकाहरुमध्ये सप्तरीमा १६ जना, पर्सामा ६ जना, धनुषामा ५ जना, बारामा ३ जना र महोत्तरीमा १ जना व्यक्ति रहेका छन ।

योसँगै यस प्रदेशमा संक्रमितको संख्या ४ हजार २ सय ९५ पुगेको छ । संक्रमितमध्ये ३ हजार ९ सय ७५ पुरुष र ३ सय २० जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

सप्तरीमा संक्रमण पुष्टी भएकाहरु सप्तकोशी नगरपालिका वडा नम्बर १ र ४ का ३४ र ४४ बर्षिय दुईजना पुरुष, अग्नीसाईर कृष्णसवरण गाउँपालिका वडा नम्बर १ का उमेर खुल्न नसकेको एक पुरुष र राजविराज नगरपालिका वडा नम्बर २, ३, ६ र ७ का १५ देखि ४० बर्ष उमेर समुहका ६ जना महिला र २३ देखि ६३ बर्ष उमेर समुहका ७ जना पुरुष रहेका छन् ।

त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ जेलरोडका ३५, ४७ र ५६ बर्षिय ३ जना पुरुष, नारायणी अस्पताल वीरगञ्जमा कार्यरत ३५ बर्षिय एकजना सफाइ कर्मचारी, सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ का ३१ बर्षिय एक पुरुष र पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर–५ का ५५ बर्षिय एक पुरुष संक्रमित भएका छन् ।

धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ का २३, २९ र ३२ बर्षिय ३ जना पुरुष, औरही गाउँपालिका वडा नम्बर १ का ३४ बर्षिय एक पुरुष र विदेह नगरपालिका वडा नम्बर ४ का ७५ बर्षिय एक बृद्ध समेत संक्रमित भएका छन् । बाराको परसौनी गाउँपालिका वडा नम्बर ४ का ३० बर्षिय एक पुरुष, सिमरौनगढ नगरपालिका वडा नम्बर ८ का २९ बर्षिय एक पुरुष र परवानीपुर गाउँपालिका वडा नम्बर ५ का २२ बर्षिय एक पुरुष संक्रमित भएका छन् भने महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर ३ का ६० बर्षिय एक पुरुष समेत संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा धनुषाका १० जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Comment


Related News

Latest News

Trending News