अपडेट 
२०७७ श्रावण ८, बिहीबार ०७:२२

नेपाल राष्ट्र बैङ्कले एक हजारको नयाँ नोट बजारमा ल्याएको छ । नेपाल राष्ट्र बैङ्कले बुधबारदेखिनै बजारमा ल्याएको एक हजार रुपैयाँको नयाँ नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको फोटो राखिएको छ । अहिलेसम्म प्रयोग हुँदै आएको अफ्रिकन हात्तीको फोटो हटेको छ ।

हजारको नोटमा नेपाली हात्तीको फोटो राख्ने निर्णय राष्ट्र बैङ्कले आर्थिक वर्ष २०६९/७० सालमै गरेको भए पनि बुधबारदेखि मात्रै नेपाली हात्तीको फोटोसहितको नयाँ नोट बजारमा आएको हो ।हाल नोटमा समेटिएका दुई जुम्ल्याहा हात्तीका ०६५ सालतिर चितवनमा जन्मिएका हुन् । जुम्ल्याहा भएका कारण उनीहरूको नाम ‘राम–लक्ष्मण’ राखिएको थियो ।

Comment


Related News

Latest News

Trending News