अपडेट 
२०७७ श्रावण ८, बिहीबार ०७:२८

सरकारले नेपालको बिजुली भारत र बंगलादेशलाई बेच्न स्वीकृति दिएकाे छ । सरकारले  बिजुली खरिदबिक्री गर्न सक्ने गरी नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको हाे ।

सरकारको अनुमतिपश्चात् प्राधिकरणले अब नेपालमा उत्पादन भएको तर खपत हुन नसक्ने अतिरिक्त विद्युत् भारत र बंगलादेशमा बिक्रीका लागि मार्ग प्रशस्त भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा सरकारले खपत हुन नसक्ने विद्युत् बेच्न तथा आन्तरिक उत्पादनमा कमी आई अपुग हुने बेलामा खरिदका लागि समेत मार्ग प्रशस्त गरेको हो । सरकारले प्राधिकरणलाई खरिद वा बिक्रीको सम्पूर्ण चरणको विद्युतीय अभिलेख राख्नसमेत अख्तियारी प्रदान गरेको छ ।

Comment


Related News

Latest News

Trending News