
गएको २४ घण्टामा अहिलेसम्मकै धेरै ४५ हजार ५ सय ९९ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै भारतमा सङ्क्रमितको सङ्ख्या १२ लाख ३९ हजार ६ सय ८४ पुगेको छ । भारतमा गएकोे पाँच दिनमा मात्रै झण्डै २ लाख सङ्क्रमित थपिएका हुन् ।
भारत विश्वकै तेस्रो धेरै तथा एशियामा सबैभन्दा बढी सङ्क्रमित भएका देशको सूचीमा छ । सङ्क्रमितमध्ये अहिलेसम्म ७ लाख ८४ हजार २ सय ६६ जना निको भएका छन् भने २९ हजार ८ सय ९० जनाको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै १ हजार १ सय २० जनाको ज्यान गएको छ । यस्तै सबैभन्दा धेरै अमेरिकामा, सङ्क्रमितको सङ्ख्या ४१ लाख नाघेको छ । अमेरिकामा ४१ लाख ८ सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । १९ लाख ४२ हजार निको भएका छन् ।
अमेरिकामा १ लाख ४६ हजार १ सय ८३ जनाको ज्यान गएको छ । त्यस्तै सङ्क्रमितमध्ये धेरै हुने देशको सूचीमा दोस्रो स्थानमा रहेको ब्राजिलमा २२ लाख ३१ हजार ८ सय ७१ जना सङ्क्रमित रहेका छन् । त्यहाँ १५ लाख ३२ हजार १ सय ३८ जना निको भएका छन् भने ८२ हजार ८ सय ९० जनाको ज्यान गएको छ ।