अपडेट 
२०७७ श्रावण ८, बिहीबार १५:२४

चीनले कोरोना भाइरस महामारीका बीच मङ्गल ग्रहमा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । मङ्गल ग्रहमा चीनले पहिलो पटक अन्तरिक्ष यान प्रक्षेपण गरेको हो ।चीनको हेनान प्रान्तको वेनचाङ्ग अन्तरिक्ष केन्द्रबाट तियानवेन वान नाम गरेको अन्तरिक्ष यान स्थानीय समयअनुसार दिउँसो १२ बजेर ४० मिनेटमा प्रक्षेपण गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यो अन्तरिक्ष यान आउँदो फेब्रुअरीसम्म मङ्गल ग्रह नजिक पुग्ने अनुमान गरिएको छ ।

सन् २०२१ फेब्रुअरी मा पाँच करोड ५० लाख किलोमिटरको यात्रा गरेर यो यान पृथ्वीमा फर्किने छ । मङ्गल ग्रहमा अन्तरिक्ष यान प्रवेश गरेपछि त्यहाँको वस्तु स्थिति र वातावरणबारे थाहा हुने र माटोको अध्ययन थालिने छ । यो अन्तरिक्ष यानको भार पाँच टन रहेको र यसमा सजिलै मोड्न सकिने सोलार प्यानल जडान गरिएको खबरमा उल्लेख छ । चीनले पृथ्वीबाट सबैभन्दा नजिकको मङ्गल ग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको हो । प्रक्षेपण सफलतापूर्वक सम्पन्न भएको भन्दै इन्जिनियर र अरु कर्मचारीले खुसी साटासाट गरेका छन् ।

अमेरिकाले पनि मङ्गल ग्रहको अध्ययनका लागि आउँदो ३० तारिखमा अर्को अन्तरिक्ष यान प्रक्षेपण गर्ने योजना बनाएको छ । नासाले सन् २०३१ सम्ममा मङ्गल ग्रहबाट ढुङ्गा र बालुवाका नमुना सङ्कलन गरेर पृथ्वीमा ल्याउने लक्ष्य लिएको छ । मङ्गल ग्रह अभियानमा अहिलेसम्म अमेरिका, रुस, युरोप, जापान र भारत सामेल भए पनि धेरैजसो अभियान असफल भएका छन् ।

Comment


Related News

Latest News

Trending News