अपडेट 
२०७७ श्रावण ९, शुक्रबार ११:४२

सुनको मूल्यले नेपाली बजारमा फेरी रेकर्ड कायम गरेको छ । तोलामा १३ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो । यसअघि बिहीबार तोलाको ९४ हजार ५ सय रुपैयाँमा किनबेच भएर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । कोरोना महामारीपछि अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दी छाएसँगै सुरक्षित लगानीको साधन सुनतर्फ लगानीकर्ता आकर्षित हुँदा सुनको मूल्यले दैनिकरुपमा रेकर्ड बनाइरहेको हो ।

शुक्रबार तेजावी सुन प्रतितोला ९५ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार एक सय ५० रुपैयाँमा रेकर्ड बनाएको छ ।

Comment


Related News

Latest News

Trending News