अपडेट 
२०७७ श्रावण ९, शुक्रबार १२:४५

सिरहा । शसस्त्र प्रहरी जवानको हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको माडरस्थित सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोस्टमा कार्यरत सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–३ मखनाहाका २५ वर्षीय जयकेशकुमार यादव, २० वर्षीय मंगला भन्ने दीपेशकुमार यादव र २२ वर्षीय बुलना भनिने मुकेशकुमार यादव रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोदकुमार घिमिरेले जानकारी दिनुभयो ।

प्रवक्ता घिमिरेका अनुसार प्रहरीले उनीहरूलाई पक्राउ गरी जिल्ला अदालत सिरहामा राखेको छ । उनलाई अनुसन्धानका लागि सात दिन म्याद दिएको प्रहरी उहाँले जानकारी दिनुनयो। १६ गते असार दिउँसो सिरहा नगरपालिका–१४ खिरौना गाउँ नजिकैको नहरमा सशस्त्र प्रहरी जावन यादवको शव भेटिएको थियो । नहरमा डुबेको अवस्थामा शव भेटिएपछि प्रहरीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोस्टमार्टम गरी अनुसन्धान अघि बढाइएको थियो ।

प्रवक्ता घिमिरेकाअनुसार सिरहा–३ का बिन्दी यादवकी छोरीको विवाहमा पुगेका सशस्त्र प्रहरी यादवसँग सामान्य विवाद भएको र चोरचोर भन्दै करिब तीन किलो मिटरसम्म लखेटी नहरमा डुबाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी जवान यादव महोत्तरी सोनमा गाउँपालिका–३ घर रहेको प्रहरीले जनाएको छ । यादव गत चैत्र ११ गते तालिम सकाएर पहिलो पल्ट डउटि गर्न सिरहा आएका थिए।

Comment


Related News

Latest News

Trending News