अपडेट 
२०७७ श्रावण ९, शुक्रबार १८:३४

प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक सहित ३२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । जसअनुसार पर्सामा ३१ र बारामा १ जना व्यक्ति संक्रमित भएका छन् ।

पर्सामा संक्रमण पुष्टी भएकाहरु श्रीपुरस्थित वडा प्रहरी कार्यालयमा रहेका २२ देखि ४७ बर्ष उमेर समुहका ५ जना भारतीय थुनुवा, नारायणी अस्पताल वीरगञ्जको क्वाटरमा रहेका २३ र ३५ बर्षिय दुईजना पुरुष, पकहा मैनपुर ३ सबैठुवाका २७ र ५० बर्षिय दुईजना पुरुष, भौराटार ३ पर्साका ३३ बर्षिय एकजना पुरुष, छपकैया(२ वीरगञ्जका ३० र ३४ बर्षिय दुईजना पुरुष, मुरली १२ वीरगञ्जका ३८ बर्षिया एक महिला र ९ देखि १६ बर्ष उमेर समुहका ३ जना पुरुष, छिपहरमाई गाउँपालिका ३ का २३ बर्षिय एक पुरुष, घण्टाघर ९ वीरगञ्जका २५ बर्षिय एक पुरुष, राष्ट्रिय वाणिज्य बैंकका ३३ बर्षिय प्रबन्धक, वीरगञ्ज महानगरपालिका १० का १४ देखि ६० बर्ष उमेर समुहकी ४ जना महिला र २२ र २९ बर्षिय दुईजना पुरुष, वीरगञ्ज महानगरपालिका १३ की ४८ बर्षिया एक महिला र ९ महिनाका एक बालक र ३० बर्षिय एक पुरुष तथा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४, २० र २९ का २५ बर्षिया एक महिला र २३ र ३२ बर्षिय दुईजना पुरुष रहेका छन् । त्यस्तै बाराको जीतपुरसिमरा उपमहानगरपालिका ११ का १९ बर्षिय एक पुरुष समेत संक्रमित भएका छन् ।

प्रदेश २ मा हालसम्म पर्सामा ३, बारामा २, रौतहटमा २, महोत्तरीमा १ र सप्तरीमा १ जना गरि ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Comment


Related News

Latest News

Trending News