अपडेट 
२०७७ श्रावण १०, शनिबार ११:३०

दुई शब्द चित्र :
दृश्य : एक
स्थान : सीताचौक : अपरान्ह १.३० वजे ।
एक साता अघि
लक डाउन आंशिक रुपमा हटे पनि सीता चौकमा टेम्पो, ई रिक्सा र तरकारी पसलेहरुको भीड त्यतिकै थियो । ग्राभेल , वालुवा , गिटी लगायतका निर्माण सामग्री बोकेका टिपर , माल सामान–ओसार पसार गरी रहेका ट्रेक्टर र ठेलाहरुको निरन्तर आवागमन थियो । पैदल र मोटरसायकल सवार यात्रीहरुको अटूट सृंखला विद्यमान नै थियो । रेल लिक भन्दा उत्तर सडकको मध्यभागमै अनगनित टेम्पो र ईरिक्सा रोकिएका थिए । चालकहरु सवारीसंग मोल मोलाई र तछाड मछाड गर्दै थिए । अ–आफ्ना गाडीमा बल्जफती सवारी बसाई रहेका थिए । अधिकांश यात्री मास्क लगाएका थिएनन् । चालकहरुको मास्क मुख तल थियो । न सोसल दूरीको ख्याल थियो न त मास्क लगाएको । तरकारी बाजारका क्रेता र बिक्रेतामध्ये अघिकांशले मास्क लगाएकै थिएनन् । तरकारी पसलेहरु वेला वेला सेनिटाईजर लिएर हात सफा गर्ने कुरा पनि त भएन नि । उता रेल लिक भन्दा दक्षिण मिल्स एरिया जाने तथा भानुचौक जाने दुबै सडकमा दुई– दुई जना ट्राफिक प्रहरी र सामुनेको पसलको बरण्डामा र्दुइ तारे अफिसर मुस्तैद थिए । रेल लिक भन्दा उत्तरको अस्तव्यस्त ट्राफिक व्यवस्था बारे ती ट्राफिक प्रहरीहरुको पटक्कै ध्यान थिएन । सबैको आ“खा मोटरसाइकल सवारमाथि स्थिर थिए । असलमा उनिहरु मास लगाए÷नलगाएको निरीक्षण गर्न आएका थिए । ब्लुबूक र लायसेन्स चेक गर्ने त स्थायी काम भई नै हाले । मास्क नलाउनेसंग जनही एक सय रुपिया“ जरिवाना असुल गर्ने उद्येश्यले ट्राफिक प्रहरी एम्बुस थापेका रैछन । जरिवाना तिराएको रसिद दिइए वा दिइएन थाहा हुन सकेन । पूर्वी धनुषाको ग्रामीण ईलाकालाई जिल्ला सदरमुकाम जनकपुरसंग जोड्ने यस सडकमा गाउ“बाट आउने र गाउ“ फिर्ता जाने ग्रामीण मोटरसाईकल सवारहरुको संख्या अत्यधिक हुन्छ । ट्राफिक प्रहरीको नजरमा अलि पुरानो र झुत्रो लुगा लगाएका , मोटरसाइकलमा तरकारी, दूध वा अन्य सर–सामान वा बाल बालिकासहित महिला बोकेका व्यक्ति ग्रामीण तथा अलि सुकिला मुकिला कपडा लगाएका व्यक्ति सहरिया हुदा रैछन् भन्ने त्यसै दिन बुझे । कारण सुकिला मुकिला व्यक्तिहरुलाई विशेष सुविधा प्राप्त थियो । मास्क नलाउनेसंग सय रुपिया तिराउदै छाडने गरिन्थ्यिो तर ग्रामीण पृष्टभूमिकमा मोटरसाइकल सवारसंग भने हदै सम्मको केरकार हुन्थ्यिो । भेष–भुषाकै कारण ग्रामीण ठहराइएकाहरुको मास्कसंगै ब्लुबूक र लाइसेन्ससमेत चेक जाच गरिन्थ्यिो । जरिवानामा भने च्वाईस थियो । यसकालागी एक जना सहजीकरण गरि रहेका थिए । आधिकरिक रसिद लिन चाहनेलाई १ हजार ५ सय तिर्नु पर्ने , त्यो पनि अफिस पुगेर तर रसिद लिन नचाहनेहरुका लागी बारगेनिंग गर्ने क्षमताको आधारमा १ हजार देखि ५ सयसम्म जरिवाना अनि तुरुन्त मोटरसाइकल सहित विदाई । म अहिले सम्म बुझ्न सकेको छुईन – यसरी विना रसिद असुली गरिएको राजस्व ती संकलकहरुले मात्र राख्ने हो कि माथिसम्म पुग्ने हो ?? फेरी ट्राफिक प्रहरीको काम ब्लुबुक, लाइसेन्स र मास्क लगाए/नलगाएकोमात्र हेर्ने हो कि सीता चौकको उत्तर तर्फ रहेको अस्तव्यस्त ट्राफिक व्यवस्था हेर्ने पनि हो ?? तरकारी बाजारमा मास नलगाई खरीद बिक्री गर्नेहरुलाई पनि जिम्मेवार बनाउने ??

दृश्य २
स्थान भानुचौक : समय : शुक्रवार
अपरान्ह ४ वजे ।
केही निषेधात्मक प्राब्धानबीच बन्दाबन्दी हटेको छ । सडकमा सवारी साधनको चाप बढेको छ । सवारी साधनको चाप र ट्राफिक बीच गजबको सम्बन्ध हुन्छ । यसै सम्बन्धलाई निरन्तरता दिन अपरान्ह ट्राफिक प्रहरीले भानुचौकमा धराप थापेको थियो । भानुचौक भन्दा उत्तर मिल्स एरिया जाने बाटोमा ट्राफिककाधराप थियो । चार जना प्रहरी सडकमा तथा एक दुई तारे गल्लीमा । ब्लुबुक , लायसेन्स तथा मास्क लगाए÷ नगलगाएको साथै शंकास्पद युवाहरुको खानतलासी पनि गरिन्थ्यिो । पछिल्लो समय मोटरसाइकल सवारको साथबाट हात हतियार समेत फेला परेकोले खान तलासी गरिन थालेको अनुमान लगाउन सकिन्छ । तर ट्राफिक प्रहरीहरुको मूल काम भने जरिवाना तिराउनै देखिन्थ्यिो । सुकिला मुकिला सहरियाहरु मदरटेरेसा स्कूलको गल्ली वा स्टेशन जाने वैकल्पिक गलीको प्रयोग गर्दै भाग्दै थिए तर कठै ग्रामीण पृष्टभूमिका सिधा सादा मोटरसायकल सवारहरु ? धरापमा पर्ने अधिकांश भने ग्रामीण पृष्टभूमिकै थिए । पुन ः साविककै बारगेनिंग । रसिद काटेर जरिवाना तिर्ने हो भन्ने १ हजार ५ सय , विना रसिद जाने हो भन्ने बारगेनिंगअनुसार १ हजारदेखि ५ सयसम्म । भानु चौकमा भने अलि फरक दृश्य पनि देखियो । स्थानीय केही युवा सहजीकरणका लागी उपलब्ध थिए । आज पनि धरापमा पर्नेहरुमध्ये अधिकांश विचरा ग्रामिणहरु नै थिए । ट्राफिक प्रहरी ग्रामीणहरुलाई किन देख्नै हुदैन ? उता चौक भन्दा दक्षिण तर्फ भने दुई जना जनपथ प्रहरी मोवाईलमा गेम खेलेर बसेका थिए । सडकको गतिविधिबारे वेखवर उनिहरु वेला वेला आपसमा कुरा गर्थे अनि फेरी मोवाईलमा हराउ“थे । लामो दूरीको सार्वजनिक यातायात खुल्ननसके पनि शुक्रवारदेखि जिल्ला भित्रका यातायात भने सुचारु भई सकेको अवस्था छ । सरकारी , गैरसरकारी तथा वित्तिय संस्थाहरु खुलेको कारण जनकपुर बाजारमा चहल पहल ह्वातै बढेको छ । बाजारमा समाजिक दूरीको खयाल गरिदैन । यस अघि कार्यालय र वित्तिय संस्थाहरुको अगाडी राखिने गरेको सेनिटाईजर वा सावुन पानी अचेल विरलै हेर्न सकिन्छ । मैले अझै पनि बुझ्न नसकेको कुरा के हो भन्ने जरिवाना तिराउने प्राब्धान आएपछि मास्क लगाए÷नलगाएको चेक जाँच गर्न ट्राफिक प्रहरी सडकमा उतारियो तर सेनिटाइजरको प्रयोग गरे÷नगरेको वा सावुन पानीले हात धोए/नधोएको चेक जा“च गर्ने निकाय कुन हो ? यो जिम्मेवारी पनि ट्राफिक प्रहरीलाई नै दिदा हुन्न ?? झन जरिवाना र जरिवानामा कमिशनको व्यवस्था गरिदिदा जयजयकारा हुन्थे होला ।

Comment


Related News

Latest News

Trending News