अपडेट 
२०७७ श्रावण १०, शनिबार १७:३६

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बारा जिल्लाको परवानीपुरकी एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गण्डक कोभिड अस्पतालमा एक १७ वर्षीया महिलाको मृत्यु भएको हो । ति महिलामा पखाला लाग्ने तथा स्वासप्रस्वासको समस्या देखिएको गौतमको भनाइ छ ।

प्रवक्ता डा. गौतमले बाराको परवानीपुर ८ की १७ वर्षिया किशोरीको साउन ९ गते शुक्रबार गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताउनुभयो । बुधबार स्वास्थ्यमा समस्या आएपछि वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना भएकी ती किशोरीको आरडिटी पोेजेटिभ देखिएको थियो । त्यस लगत्तै उनलाई कोभिड अस्पताल रिफर गरिएको थियो । ८ गते स्वाब संकलन गरिएकोमा ९ गते कोरोना पुष्टि भएको थियो ।

किशोरीमा अक्सिजनको मात्रा कम हुनुका साथै पाखाला लाग्ने, जिउ काप्ने र स्वासप्रश्वासमा समेत समस्या देखिएको प्रवक्ता डा. गौतमले बताउनुभयो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News