अपडेट 
२०७७ श्रावण ११, आईतवार ०६:५४

संसदीय लोकतन्त्रमा, जब समय सामान्य हुन्छ, सरकार प्रमुख र प्रतिपक्षी नेताको चियापानमा भेटघाट हुनु अस्वाभाविक होइन । तर, देशको अवस्था निराशाजनक रहेको समयमा प्रधानमन्त्री र प्रतिपक्षी नेता बडो हँसिलो मुद्रामा आपसी गुप्तगुमा तल्लीन देखिन्छन भने सोच्नै पर्दछ, दालमा कतै कालो छ । संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली बीच भर्खरै भएको भेटघाट अन्य घटनाहरुको चाङमा परेकाले त्यति चर्चामा आएका छैनन । प्रधानमन्त्री खडगप्रसाद शर्मा ओलीले आफुलाई अप्ठेरो पर्ने बित्तिकै पक्ष, प्रतिपक्ष कसैसंग बिचार विमर्श नगरी राष्ट्रपति बिद्यादेवी भण्डारी लगाएर संसद अधिवेशनको अन्त्य गराएका छन । संसद अधिवेशनमा छलफलका थुप्रै बिषय बाँकी रहेका अवस्थामा अनायाश अधिवेशन अन्त्य गरिएकोमा चूँ सम्म नबोल्ने प्रमुख प्रतिपक्षी दलका नेता लगातार दुइपटकसम्म प्रधानमन्त्रीसंग ‘सल्लाह’ र ‘परामर्श’ मा रहेको दृश्य समाचारको सानो पर्दामा देखिनु कदाचित देशका लागि शुभ संकेत होइन । के यो भर्खरै दर्ता भएको ‘नयाँ’ एमाले पार्टी र प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसका बीच गठबन्धनको पूर्वाभ्यास हो ? हुन सक्दछ । हुन नसक्ने त्यस्तो कुनै अवस्था छैन ।

यसो भएमा ओली र देउवा दुबै ‘वीन वीन’ अवस्थामा हुनेछन । देश र पार्टी भर्सेलामा जाओस । सत्तासीन नेपाल कम्युनिष्ट पार्टी भित्र चरम सत्ता कलहका कारण प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकार गम्भीर संकटको अवस्थामा रहेकोछ । उनले साम– दान–दण्ड–भेद र छलकपटका सबै उपाय अबलम्बन गरेर सरकार टिकाएका छन । एकातिर, आप्mनै अध्यक्षताको पार्टी र आप्mनैनेतृत्वको सरकारका बीचको अन्तव्र्दन्व्द चर्किदै गएको छ, अर्कोतिर माओवादी पार्टीसंग एमालेको एकताभावनात्मक रुपमा धराशायी सकेको छ । ओली शासनमा कुशासन हदैसम्म बढेको छ । नेपाली समाजबाट नैतिक मूल्य र मान्यता लगातार स्खलित हुन थालेका छन । भ्रष्टाचारका अधिकांश घटनामा स्वयं प्रधानमन्त्री ओलीको नाम जोडिएको छ । उनका उप–प्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल कोरोना महामारीका लागि औषधि र उपकरण खरीदमा भएको अनियमिततामा घाँटीसम्म डुबेका छन । देशका प्रधान न्यायाधीश माथि घूस खाएर आप्mनै पत्नीको हत्यागर्ने त्रूmर अपराधीको कैद सजाय घटाएर छाडेको नांगो आरोप खुलेआम लगाइएको छ । राष्ट्रका‘ अभिभावक’ भनिने राष्ट्रपति बिद्यादेवी भण्डारीले आपूmलाई गैर संबैधानिक शक्ति केन्द्र ‘भूमिगत गिरोह’ को नाइकेका रुपमा प्रस्तुत गरेर प्रधानमन्त्री ओलीको पक्षमा ‘ जनताको बहुदलीय जनवाद’ नामको सक्रिय राजनीतिको डण्डा समाएकी छिन ।लोकतन्त्रमा सरकार पतनको बाटोमा लाग्यो भने राष्ट्रिय परिस्थितिलाई सम्हाल्ने प्रतिपक्षी दलले हो । प्रतिपक्षले पनि परिस्थितिलाई नियन्त्रणमा लिन सकेन भने त्यस्तो राष्ट्रको भविष्य अनिश्चित हुन जान्छ ।

अहिले नेपाल त्यही डरलाग्दो अवस्थामा छ । जनताले राष्ट्रिय बिकासका लागि बडो उत्साहकासाथ स्थापना गरेका संघीय लोकतान्त्रिक गणतन्त्र अहिले देशघाती तत्वको हातमा परेकोछ । त्यो देशघाती तत्वले संसद, सरकार, प्रतिपक्ष, राजनीतिक दल, न्यायालय, प्रशासन, आर्थिक संस्थाहरु र सेनालाई आफनो पकडमा लिएकोछ । देश दिनहूँ हल्लामा रंगमगिइन्छ । अराजक अवस्था देशको मूलबाटो बन्न थालेको भान हुन्छ । अहिले देशमा जुन कोहराम फैलिएको छ, त्यसको बिराम संसदले दिन सक्दथ्यो । प्रमुख प्रतिपक्षी तथा सरकारका बिपक्षमा खडा भएका अरु दलका प्रतापी नेता तथा सांसदले अलिकति आवाज उठाएको भए, अलिकति बोली चर्काएको भए, अलिकति जनताका भाषा बोलेको भए सरकार अधिवेशनलाई निरन्तरतादिन बाध्य हुने थियो ।सदनको पटलमा कोरोनाको कहरमा फँसेका जनताका पीडा गुन्जिन पाउँथे । राहतमा बाँडिएका अखाद्य चामलको दुर्गन्ध सांसदहरुको नाकसम्म पुग्नेथियो । आर्थिक भ्रष्टाचार र अनियमितताका गम्भीर प्रश्नहरु उठथे । प्रतिपक्षका सांसदले त सदनमा समस्या राख्नै पर्ने थियो, सत्तापक्षका सांसदहरु पनि आप्mनो जिम्मेवारीबाट उम्किन पाउँदैन थिए । तर, संसदको मतलब कसैले राखेन । सांसदहरुमा जनताका समस्या गम्भीरतापूर्वक उठाउने त संस्कार नै छैन । सरकार पेल्दै गयो । प्रतिपक्षी पेलिदै गए । अहिले सबै किंकर्तब्यबिमूढको अवस्थामा पुगेका छन । यी सबैलाई अलिअलि मात्रै भएपनि राष्ट्रघातको पापवोध हुनुपर्ने हो । अलिकति भएपनि लाजबोध हुनुपर्ने हो । त्यस्तो केही देखिएको छैन । मुख्य कुरा त प्रमुख प्रतिपक्षी नेताको नै छ । प्रतिपक्षी नेपाली कांग्रेस सानो पार्टी होइन । नेपालको राजनीतिमा यसको भूमिका महत्वपूर्ण छ । यति ठूलो पार्टीका सभापतिले देश संकटापन्न रहेको अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीसंग के के कुरा गरे ? के के बिषयमा ‘प्याकेज डील’ भयो सरकारसंग ? यो कुरा उनले सार्वजनिक रुपमा बताउनु पर्दछ जनतालाई । कांग्रेसले आपूm इतिहासको बिभिन्न चरणमा जनताप्रति उत्तरदायी रहेको सावित नगरेसम्म कांग्रेसको सभापति कुनै देउवा, कुनै कोइराला, कुनै सिंह, कुनै बिश्वकर्मा,कुनै थापा, जो भए पनि जनतालाई के मतलव ? आजको कांग्रेसको संकट नै यही हो कि यसले जनताप्रतिको आफनो दायित्व र कर्तब्य चटक्कै बिर्सिएको छ । कांग्रेसमा जनताकोमांग रसमस्याप्रति मुखातिव हुने जुन राजनीतिक संस्कार थियो त्यो हराएकोछ । कहाँ गयो त्यो संस्कार? सभापति देउवा र उनका पींढीका नेताहरुलाई यो कुरा थाह नै होला, २०३६ को जनमत संग्रहमा पराजयपछि बीपी कोइराला स्वयं कार्यकर्ता र जनताको मन र मत बुझन देश भ्रमणमा जानु भएको थियो । यो त स्पष्ट नै छ – कांग्रेस सभापतिले प्रधानमन्त्री ओलीसंग कोरोना महामारी बिरुध्द ‘औषधि–उपकरण’खरीदमा भएका नाफा– नोक्सानको हिसाब–किताब त पक्कै मांगेनन होला । त्यसो भए के थियो त प्रधानमन्त्री ओलीसंग भेटघाटको उनको एजेण्डा ? कुनै समयमा सभापति देउवा इमान–जमान भएको नेता मानिन्थे । पछिल्लो समयमा उनको ‘ वर्गोन्नति’ भएसंगै सत्य र इमानप्रतिको निष्ठामा निकै ठूलो गिरावट आएकोछ । यही समस्यामा समकालीन सत्ताबृत्तका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई लगायतका नेताहरुको इज्जत र इमान खुइलिएकोछ । नेता र जनताका बीच नेताका कार्यकर्ता बाहेकका मध्यस्थकर्ता कोही छैनन । नागरिक समाजका सच्चा प्रतिनिधि शिथिल छन । राजनीतिक दलहरुले आ–आफनै नागरिक समाज बनाएका छन ।

यसले गर्दा समाजमा असामान्य सामाजिक उद्वेलन शुरु भएकोछ । यो अवस्था धेरै लामो जानेवाला छैन । देशको आर्थिक र औद्योगिक अवस्था चौपट छ । सरकारी समाचारपत्रले वैदेशिक सहयोगको समाचारलाई जतिसुकै उचालेर प्रकाशित गरेपनि अवस्था त्यो छैन । देशमा कोरोना कहर बढन थालेको छ । मधेशका शहरहरु निषेधाज्ञाको चापमा पर्न थालेका छन । राजबिराजदेखि बीरगन्जसम्म, मधेशको पूरै शहरी भूगोलमा, कोरोना आतंक फैलिन थालेकोछ । सरकारको भूमिका लुटेराको जस्तो भएपछि देश र जनताले दुख पाउनु स्वाभाविक हुन्छ । अहिले त अजवको अवस्था छ देशको । पशुपतिनाथ मन्दिर परिसरमा ताला मारिएकोछ । नागरिक समाजका सदस्यहरुको मुख सिइएकोछ । स्वतन्त्रताका सबै व्दारहरुमा सीसीटीभी जडान गरिएका छन । साबधान, सत्य निदाएकोछ ।

Comment


Related News

Latest News

Trending News