अपडेट 
२०७७ श्रावण ११, आईतवार १३:३५

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४८ हजार ६६१ नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि १३ लाख ८५ हजार ५२२ पुगेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ३२ हजार ६३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ७०५ जनाको मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा कोरोना भाइरसका संक्रमितको संख्या तीन लाख ६६ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । तामिलनाडुमा संक्रमितको संख्या दुई लाख ६ हजार नाघेको छ भने दिल्लीमा एक लाख २९ हजार कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

Comment


Related News

Latest News

Trending News