अपडेट 
२०७७ श्रावण १२, सोमबार ०६:३४

जनकपुरधाम । धनुषा जिल्लामा पनि कोरोना भाइरस(कोभीड–१९)को संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।शहीदनगर नगरपालिका वडा नम्बर ८ डुमरियाका ३८ बर्षीय पुरुषको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लग्ने क्रममा बाटोमा मृत्यु भएको अस्थायी कोरोना अस्पताल जनकपुरका संयोजक डा.जामुन प्रसाद सिंहले जनाए ।

रुघाखोकी र उच्च ज्वरोबाट ग्रसित ती व्यक्तिलाई शनिबार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो । तर उनको स्वास्थ्य अवस्था झन जटिल बन्दै गएपछि थप उपचारका लागि धरान रेफर गरिएको डा.सिंहले बताए ।मध्यान्ह उनलाई धरानतर्फ लगिने क्रममा सिरहा जिल्लाको मिर्चैयामा पुग्दा मृत्यु भएको डा.सिंहले जनाए । ‘मृत्यु भएको खबर प्राप्त भएलगतै एम्बुलेन्सलाई त्यहीँ होल्ड गरिएको थियो’डा.सिंहले भने, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामबाट उनकोपीसीआर टेस्ट पोजेटिव आएपछि रातीशवलाई जनकपुरधाम ल्याइएकोछ ।

मृतकसित एम्बुलेन्समा रहेका सबैलाई तत्काल क्वारेन्टाइन गरिने डा.सिंहले बताए ।मृतकको रिर्पोटबारे स्थानीय प्रशासनलाई सम्पूर्ण जानकारी गराइसकिएकोले लाशको व्यवस्थापन र क्वारेन्टाइनमा राख्ने काम प्रशासनले गर्ने उनले बताए । कोरोना भाइरस संक्रमितको मृत्यु भएपछि शवको व्यवस्थापन नेपाली सेनाले गर्ने नेपाल सरकारको निर्णय रहेकोछ ।शव रहेको एम्बुलेन्स सिरहाबाट फर्किसकेको जनाउँदै धनुषाका प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतले सुविधा अनुसारको स्थानमा नेपाली सेनाले व्यवस्थापन गर्ने बताए । मृतकका पिताको डुमरिया चोकमा जेनरल अर्डर सप्लाईको पसल रहेकोछ ।मृतकपनि त्यो पसल सञ्चालनमा सहयोग गर्ने, समानहरु ल्याउने र पु¥याउने भूमिकामा रहेको बताइन्छ । ‘युवक स्थानीय स्तरमा नै पिताको व्यवसायमा सहयोगी रहेका थिए’ एसपी बस्नेतले भने, बिरामी भएपछि उनलाई सोझै अस्पतालमा ल्याइएको थियो ।उनी क्वारेन्टाइनमा नबसेका व्यक्ति हुन् ।

यसैबीच उच्च स्रोतका अनुसार जनकपुरधामका होटेल व्यवसायी एकजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि थप उपचारका लागि काठमाण्डु लगिएकोछ ।होटेलका कर्मचारीहरु होटेलमै क्वारेन्टाइन भएको बताइएकोछ । होटेल सञ्चालकको सम्पर्कमा रहेका उनका हितैषीहरु स्वयं होम क्वारेन्टाइन भएका छन् ।लकडाउनपछि होटेल सञ्चालनमा आएको थिएन् ।रेष्टुरेन्ट बन्द रहेको थियो । शौचालयमा लडेपछि ढाडमा गंभीर चोट लागेको बताइएकोछ ।उनलाई चार्टर विमानबाट काठमाण्डु लगिएको एकजना सहयोगीले जनाए ।

Comment


Related News

Latest News

Trending News