अपडेट 
२०७७ श्रावण १२, सोमबार १४:०६

जनकपुरधाम स्थित प्रादेशिक अस्पताल जनकपुरको इमरेन्सी र आइसियु वार्ड सिल गरिएको छ । एक जना कोरोना संक्रमितको मृत्यु भएपछि, इमरजेन्सी वार्डलाई २४ घण्टा र आइसियु वार्डलाई ७ दिनको लागि सिल गरिएको प्रादेशिक अस्पताल जनकपुरका निमित प्रमुख तथा आइसोलेशन वार्ड संयोजक डा.जामुन सिंहले जानकारी दिए ।

सोमबार बसेको जिल्ला विपद व्यवस्थापन समिति अन्तर्गत रहेको कोभिड व्यवस्थापन समितिको बैठकले मृतक बिरामी भर्ना गरिएको इमर्जेन्सी युनिट २४ घण्टा र आइसियु वार्ड ७ दिनको लागि सिल गरिने निर्णय भएको हो । कोरोना संक्रमित मृतक व्यक्तिको शवलाई सोमबार दिउँसो नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । समितिको बैठकले नेपाली सेनालाई शव व्यवस्थापनको जिम्मेबारी दिएको धनुषाका प्रहरी उपरीक्षक रमेश वस्नेतले जानकारी दिए । शव व्यवस्थापनपछि पीसीआर टेस्ट नभएसम्म नेपाली सेनालाई क्वारेन्टाइनमा बस्नु पर्नेछ ।

धनुषाको सहिदनगर नगरपालिका डुमरियाका एक ३८ वर्षीय पुरुषको कोरोना संक्रमण बाट मृत्यु भएसंगै धनुषामा कोरोना बाट पहिलो व्यक्तिको मृत्यु भएको छ ।

Comment


Related News

Latest News

Trending News