अपडेट 
२०७७ श्रावण १२, सोमबार १२:१३

सुनको भाउले आज पनि नयाँ रेकर्ड बनाएको छ ।

गएको बुधबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै आएकामा आज पनि त्यही क्रमलाई निरन्तरता दिएको छ ।  एकैदिन तोलामा १२ सय रुपैयाँ बढेर सुनको भाउ आज तोलाको ९७ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ ९६ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको थियो । 

गएको शुक्रबार सुनको भाउ तोलामा ९५ हजार ८ सय, बिहीबार ९४ हजार ५ सय र बुधबार ९४ हजार रुपैयाँ तोकिएको थियो । कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वकै अर्थतन्त्र बिग्रँदै गएको तथा ठूला देशबीच तनाव बढ्दै गएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ महँगो भइरहेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो । 

Comment


Related News

Latest News

Trending News