अपडेट 
२०७७ श्रावण १३, मंगलवार १६:३४

पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ११ जनामा कोरोना संक्रमण देखिएको छ । प्रवक्ता डा.गौतमका अनुसार हाल देशभर पाँच हजार एक सय ३९ जना सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक सय २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । देशका विभिन्न अस्पतालमा आइसोलेसनमा उपचाररत एक सय २१ जना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या १३ हजार आठ सय ७५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News