अपडेट 
२०७७ श्रावण १३, मंगलवार १९:००

प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा ५० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । जसअनुसार सप्तरीमा १९ जना, पर्सामा १४ जना, महोत्तरीमा ८ जना, धनुषामा ८ जना र बारामा १ जना व्यक्ति संक्रमित भएका छन् ।

सप्तरीमा संक्रमण पुष्टी भएकाहरु राजविराज नगरपालिका वडा नं.३ र ८ का २४ र २७ बर्षिय २ जना पुरुष, बोदेबर्साइन नगरपालिका वडा नं.५ र ८ का १८ देखि २६ बर्ष उमेर समुहका ३ जना पुरुष, शम्भुनाथ नगरपालिका वडा नं.३ का ३६ बर्षिय एक पुरुष, बलान बिहुल गाउँपालिका वडा नं.१,२,३ र ४ का ४ देखि ३५ बर्ष उमेर समुहका ७ जना पुरुष र तिलाठी कोइलाडी गाउँपालिका वडा नं.२ र ६ का २२ देखि ५१ बर्ष उमेर समुहका ६ जना पुरुषहरु रहेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका वडा न.४,७,११,१३ र २३ का ४५ बर्षिया एक महिला र २६ देखि ५५ बर्ष उमेर समुहका ७ जना पुरुष, जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कक्षमा रहेका २३ बर्षिय एक पुरुष, जगदम्बा इन्टरप्राइजेजका २६ देखि ५६ बर्ष उमेर समुहका ३ जना पुरुष, सरस्वती मावी ठोरीको क्वारेन्टाइनमा रहेका ५६ बर्षिय एक पुरुष र नारायणी अस्पतालमा कार्यरत कर्मचारी ३१ बर्षिय एक पुरुष संक्रमित भएका छन् ।

महोत्तरीको महोत्तरी गाउँपालिका वडा नं.३ मड्ईकी ५० र ६० बर्षिया २ जना महिला र २५ देखि ४० बर्ष उमेर समुहका ५ जना पुरुष तथा गौशाला नगरपालिका वडा नं.६ स्थित श्री त्रिमावि क्वारेन्टाइनमा रहेका ३६ बर्षिय एक पुरुष समेत संक्रमित भएका छन् ।

त्यस्तै, धनुषाको मिथिलाबिहारी नगरपालिका वडा न.२ स्थित क्वारेन्टाइनमा रहेका २० बर्षिय एक पुरुष, गणेशमान चारनाथ नगरपालिका दुखनीदेवी अस्पताल विरेन्द्रबजारका ३५ देखि ४५ बर्ष उमेर समुहका ४ जना पुरुष, विदेह नगरपालिकास्थित तिनकौरिया क्वारेन्टाइनका १८ र ३८ बर्षिय २ जना पुरुष र हंसपुर नगरपालिका वडा नं.८ स्थित नौवाखोर क्वारेन्टाइनका २० बर्षिय एक पुरुष संक्रमित भएका छन् भने बाराको कलैया उपमहानगरपालिका वडा नम्बर–५ का ४१ बर्षिय एकजना पुरुष समेत कोरोना संक्रमणको चपेटामा परेका छन् ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा महोत्तरीका ४ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Comment


Related News

Latest News

Trending News