अपडेट 
२०७७ श्रावण १४, बुधबार १५:४१

प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयका ३ जना कर्मचारी कोरोना संक्रमित भएका छन् ।

सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयका २२ जना कर्मचारीको पीसीआर परिक्षण हुँदा उनीहरु मध्ये ३ जनामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयमा देखिएको कोरोना पोजेटिभहरु मध्ये सामाजिक विकास मन्त्री नवल किशोर साहका सवारी चालक, उनको निवासमा भान्सेको रुपमा रहेका कार्यालय सहयोगी र स्टोर किपरलगायत ३ जना संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए । संक्रमितहरु तिनैजना मन्त्री साहकै निवासमा खाना समेत खाने गरेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News