अपडेट 
२०७७ श्रावण १४, बुधबार १६:३४

पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा एक सय ४६ जनाले कोरोना भाइरस जितेर निको भएका छन् । देशका विभिन्न अस्पतालमा आइसोलेसनमा उपचार गराइरहेका एक सय ४६ जना कोरोना निको भएर डिस्चार्ज भएका हुन् । योसँगै नेपालमा कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या १४ हजार नाघेको छ । आजका एक सय ४६ जना गरी हालसम्म १४ हजार २१ जनाले कोरोना जितेर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

नेपालमा हाल पाँच हजार तीन सय ६० सक्रिय संक्रमित उपचाररत छन्

Comment


Related News

Latest News

Trending News