अपडेट 
२०७७ श्रावण १५, बिहीबार १३:२०

सिरहा । सिरहा नगरपालिकामा कल्भर्टमुनि एक पुरुषको शव फेला परेको छ । सिरहा–१० पदमपुर नरहैयाको भित्री सडकखण्डको कल्भर्टमुनि बिहीबार बिहान पदमपुर घर भएका ५२ वर्षीय झगरु मुखियाको शव भेटिएको हो ।

नवनिर्मित सडकको कल्भर्टमुनि मुखियाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । शव भेटिएको स्थानीयले सूचना दिएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलमा सिल गरी मुचल्का उठाएर शव पोस्टमार्टमका लागि सिरहा अस्पताल पठाएको छ ।

मुखिया घर फर्किने क्रममा सडकबाट कल्भर्टमुनि लडेपछि उठ्न नसक्दा मृत्यु भएको हुन सक्ने आशंका गरिएको प्रहरी नायव उपरीक्षक घिमिरेले बताउनुभयो । पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको कारण खुल्ने उहाँको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News