अपडेट 
२०७७ श्रावण १५, बिहीबार १९:०५

प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा ७१ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसअनुसार पर्सामा ५० जना, धनुषामा १४ जना, महोत्तरीमा ४ जना र बारामा ३ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ४ हजार ६ सय १५ पुगेको छ । संक्रमितमध्ये ४ हजार २ सय ३५ पुरुष र ३ सय ८० जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

पर्सामा संक्रमण पुष्टी भएकाहरु वीरगञ्ज महानगरपालिका–४ र १२ की ३ देखि ६० बर्ष उमेर समुहका ९ जना महिला र ५ देखि ५४ बर्ष उमेर समुहका १७ जना पुरुष, छिपहरमाई गाउँपालिका–२ तिहुकीका ३५ बर्षिय एक पुरुष, नारायणी अस्पताल वीरगञ्जकी २० देखि ३५ बर्ष उमेर समुहका ५ जना महिला र १९ देखि ५३ बर्ष उमेर समुहका १० जना पुरुष, विर्ता–४ का ३४ र ३८ बर्षिय २ जना पुरुष, जगरनाथपुर गाउँपालिकाका २२ बर्षिय एक पुरुष, पटेर्वा सुगौली गाउँपालिका–५ की २४ बर्षिया एक महिला र २५ र २८ बर्षिय २ जना पुरुष र आर्मी क्याम्पका ३४ बर्षिय २ जना पुरुष रहेका छन् ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ र १२ की ६० बर्षिया एक महिला र २५ बर्षिय एक पुरुष, शहिदनगर नगरपालिका–३ का ५५ बर्षिय एक पुरुष, जनकपुरधाम–४ स्थित गोपाल धर्मशाला क्वारेन्टाइनकी ३२ बर्षिया एक महिला र २१ र २८ बर्षिय २ जना पुरुष, कमला नगरपालिका–१ का २७ बर्षिय एक पुरुष, मिथिला नगरपालिका–७ की २६ बर्षिया एक महिला र ७ देखि ६३ बर्ष उमेर समुहका ४ जना पुरुष, ठेगाना खुल्न नसकेकी ३३ बर्षिया एक महिला र गैडाँकोट पूर्वी नवलपरासीका ५० बर्षिय एक पुरुष संक्रमित भएका छन् ।

महोत्तरीको एकडारा नगरपालिका–४ का ५० बर्षिय एक पुरुष र बर्दिबास नगरपालिका–९,१० र १२ का ३५ देखि ५० बर्ष उमेर समुहका ३ जना पुरुष कोरोना संक्रमणको चपेटमा परेका छन् भने बाराको कलैया उपमहानगरपालिका–१ का ३४ बर्षिय एक पुरुष र जीतपुर स्वास्थ्य चौकी सिमरा क्वारेन्टाइनका २४ र २७ बर्षिय २ जना पुरुष संक्रमित भएका छन् ।

प्रदेश २ मा हालसम्म पर्सामा १०, बारामा २, रौतहटमा २, महोत्तरीमा १, धनुषामा १ र सप्तरीमा १ जना गरि १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Comment


Related News

Latest News

Trending News