अपडेट 
२०७७ श्रावण १६, शुक्रबार ०६:५५

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहोनम ग्रेब्रेयाससले संसारले कोरोनाभाइरससँगै बाँच्न सिक्नुपर्ने बताएका छन् ।संगठनको दैनिक पत्रकार सम्मेलनका क्रममा गेब्रेयाससले भने, ‘हामी सबैले यो भाइरससँग बाँच्न सिक्नुपर्छ र हामीले आफ्नो र अन्य व्यक्तिको जीवन रक्षा गर्दै बाँच्नका लागि आवश्यक सावधानी अपनाउन आवश्यक छ ।’

उनले हज यात्राको विषयमा साउदी अरबले लगाएको प्रतिबन्धको प्रशंसा गर्दै भने, ‘यतिबेलाको परिवर्तनले वास्तविकतासँग तालमेल मिलाउन के–के गर्न सकिन्छ भन्दै सरकारले यस्तो प्रकारको कडा कदम उठाएर उदाहरण पेश गरेको छ ।’ उनले कोरोनाले युवालाई पनि अत्यधिक खतरा हुनसक्ने कुरा दोहोराए । उनले भने, ‘हामीले पहिले पनि चेतावनी दिइसकेका छौं र पुनः दोहोराइसकेका छौं कि उनीहरु पनि अछुतो छैनन् र जोखिममा छन् ।’

उनले भने, ‘युवा पनि कोरोना संक्रमित हुनसक्छन् । उनीहरुको पनि मृत्यु हुनसक्छ र उनीहरुले पनि अन्य व्यक्तिलाई संक्रमण फैलाउन सक्छन् । त्यसकारण उनलाई आफ्नो सुरक्षाबाहेक अन्यको सुरक्षाको उपाय पनि अवलम्बन गर्नुपर्छ ।’

Comment


Related News

Latest News

Trending News