अपडेट 
२०७७ श्रावण १६, शुक्रबार ०७:०२

गृह मन्त्रालयले साँझ ७ बजेपछि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । उपत्यका प्रवेश गर्ने नाकामा परीक्षण गर्दा ठूलो संख्यामा कोरोना पोजेटिभ देखिएको भन्दै मन्त्रालयले प्रवेशमा रोक लगाएको हो । नाकाहरुमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यकता परेको भन्दै गृहले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवा र ढुवानीका साधन बाहेक अन्य सवारी प्रवेशमा रोक लगाएको छ ।

दिउँसोको समयमा भने सवारी पास लिएका मानिस आवत–जावत गर्न सक्ने गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए । ‘साँझ ७ बजेदेखी बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा पूर्ण रुपमा बन्द गर्न गरिएको छ’ सह–प्रवक्ता अधिकारीले भने–‘दिउँसो चाहिँ पास लिएका यात्रु आउन जान पाउँछन् ।’

उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न र पास बिना आवागमन पूर्ण रुपमा बन्द गर्न मन्त्रालयले निर्देशन दिएको छ । निर्णय कार्यान्वयन गर्न सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई गृहले  ‘विशेष निर्देशन’ दिएको छ । 

Comment


Related News

Latest News

Trending News