अपडेट 
२०७७ श्रावण १६, शुक्रबार ०८:५६

उच्च अदालत जनकपुरका १ न्यायाधीशमा कोरोना संक्रमण देखिएको छ । ५० वर्षीय न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको अदालतले जनाएको छ । अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरी जाँच गर्दा १ जनाको पोजेटिभ आएको हो ।

न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि अदालतका काम कारबाही साउन १६ गतेदेखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालत जनकपुरले गरेको छ । उच्च अदालतले जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एशोसिएसनसँगको परामर्शपछि यस्तो निर्णय गरिएको जनाएको छ ।

यसअघि उच्च अदालत जनकपुरको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा पनि कोरोना संक्रमण देखिएको थियो । प्रदेश नम्बर २ मा न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको यो दोस्रो घटना हो ।

Comment


Related News

Latest News

Trending News