अपडेट 
२०७७ श्रावण १६, शुक्रबार १४:३५

एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा मंगलबारसम्ममा सार्वजनिक हुने भएको छ । यस वर्ष एसइईको परीक्षा नलिएको राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागेको हो ।

आगामी सोमबार र मंगलबारसम्ममा एसइई परीक्षाको नतिजा प्रकाशित हुने सम्भावना रहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) का उपनियन्त्रक महेश्वर शर्माले जानकारी दिनुभएको छ । परीक्षाको नतिजा प्रकाशित गर्नको लागि धमाधम तयारी गरिरहेको बोर्डले जनाएको छ । यस वर्ष चार लाख ८३ हजार विद्यार्थीको एसइई परीक्षाको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ ।

एसइई नतिजा वेबसाइट, एसएमएस र आइभीआरमार्फत हेर्न सकिने बोर्डले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । एसएमएस र आईभीआरका लागि नेपाल टेलिकम र एनसेलमा १६००मा एसएमएस पठाउन सकिने छ । त्यसैगरी विभिन्न वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिने बोर्डले जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News