अपडेट 
२०७७ श्रावण १६, शुक्रबार १६:३४

पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा एक सय ५१ जनाले कोरोना भाइरस संक्रमण जितेर घर फर्किएका छन् । देशका विभिन्न अस्पतालमा आइसोलेसनमा उपचार गराइरहेका एक सय ५१ जना संक्रमित शुक्रबार निको भएका हुन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या १४ हजार तीन सय ९९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News