अपडेट 
२०७७ श्रावण १७, शनिबार ०७:०९

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। सांसद यादव आफैंले यसबारे फेसबुकमा जानकारी गराएका छन्। आदरणीय दाजुभाइ दिदिबहिनी, मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु, उनले फेसबुकमा लेखेका छन्।

उनले अरूलाई पनि जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सुझाव दिएका छन्। साथै उनले आफू छिट्टै निको हुने र फेरी जनताको काममा फर्किने जनाएका छन्। सांसद यादवले बीरगन्जमा बढ्दो कोरोना संक्रमणको अवस्थाका बारेमा प्रधानमँन्त्रीलाई अवगत गराउनुका साथै बीरगन्ज क्षेत्रमा ५ सय सैयाको अस्पताल, बिज्ञ टोलि पठाउने, समुदायमा जाँचको दायरा बढाउनका लागि साधन र जनशक्ति उपलब्ध गराउन र सीमामा आवतजावत रोक्ने लागायत माग समेत सरकारसमक्ष अनुरोध गर्नुभएको छ ।

यस अघि वीरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई पनि बिहीबार बिहान संक्रमण पुष्टि भएको थियो। उनी पनि काठमाडौंस्थित आफ्नो निवासमा आइसोलेसनमा बसिरहेका छन्।

Comment


Related News