अपडेट 
२०७७ श्रावण १७, शनिबार १७:४८

वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृतकको संख्या १० पुगेको छ ।

नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज-१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । तर रिपोर्ट नआउँदै बिहान १०:१२ बजे मृत्यु भएको थियो । र, शुक्रबार राति पोजेटिभ रिपोर्ट आएको छ । शुक्रबार भएको भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए । सुगरबाट ग्रसित महिलामा निमोनिया र हाईपर टेनसन समेत रहेको नारायणी अस्पतालका डा निरज सिंहले जानकारी दिए ।

उनीसँगै संक्रमण पुष्टि भएकी नगवाकी ६० बर्षीया महिलाको अवस्था पनि गम्भिर छ । उनको बयोधा अस्पतालमै आईसीयूमा उपचार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News