अपडेट 
२०७७ श्रावण १८, आईतवार ११:५४

दुईदिन अघि कोरोना संक्रमण पुष्टि भएका वीरगञ्ज महानगरपालिकाका मेयर वीजय सरावगीको परिवारका दुई सदस्यसहित आइतबार बिहान थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार गरिएको स्वाब परिक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेटिएका नयाँ संक्रमित ४३ जना वीरगञ्जका हुन्। अन्य दुईजना जना संक्रमित पर्साको प्रसौनी गाउँपालिका र निर्मलबस्तीका रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।मदन उपाध्यायले जानकारी दिनुभयो। कन्ट्याक्ट ट्रेसिङका क्रममा सरावगीको परिवारका दुई सदस्यसहित वीरगञ्ज–११ श्रीपुरका १८ र ४५ तथा वीरगञ्ज–१३ का ३० र १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको होे।

वीरगञ्ज महानगरपालिका-४ विर्तास्थित कन्या माविको क्वारेन्टनबाट संकलन गरिएको १४९ जनाको स्वाब परिक्षणमा १९ जनाको रिपोर्ट पोजेटिभ आएको छ। यस्तै मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै मगनुस फर्माका ५ जना कर्मचारी, वीरगञ्ज–३ छपकैया र वीरगञ्ज–११ श्रीपुरका दुई जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको सुपरिटेन्डेन्ट उपाध्यायले बताउनुभयो। वीरगञ्जमा शनिबारसम्म कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भइसकेको छ ।

Comment


Related News

Latest News

Trending News