२०७७ श्रावण १९, सोमबार १०:४६

रौतहट । जिल्लाको इशनाथ नगरपालिका ५ का वडाध्यक्ष देवेन्द्र ठाकुरको मृत्यु भएको छ। अध्यक्ष ठाकुरको स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा सोमबार बिहान बाटैमा मृत्यु भएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीनबन्धु यादवका अनुसार अध्यक्ष ठाकुरको ​स्वासप्रश्वासमा समस्या देखिएपछि निधन भएकाले निजलाई कोरोना संक्रमण आशंका गरिएको छ। उनी केही दिनयता ज्वरो, रूघा र खोकी लागेर बिरामी परेका थिए। रक्तचाप र मधुमेह को समस्या भोग्दै आएका ठाकुरले आइतबार मध्यरातमा राम्ररी सास फेर्न नसकेपछि उपचारका लागि सदरमुकाम गौरतर्फ लगिएको थियो। तर ठाकुरको बाटैमा मृत्यु भएपछि शव फर्काएर अहिले घरमै राखिएको छ। तीन दिनअघि ठाकुरको आरडीटी परीक्षण नतिजा नेगेटिभ आएको थियो।​

Comment

Related News

Latest News

Trending News