अपडेट 
२०७७ श्रावण १९, सोमबार १८:२५

विराटनगर महानगरपालिकामा कोरोना भाइरस संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । विराटनगर–५ का ७७ वर्षीय वृद्धको सोमबार उपचारका क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वास सम्बन्धी समस्या भएका वृद्ध सोमबार गाह्रो भएपछि कोसी अस्पताल पुगेका थिए । अस्पतालका प्रवक्ता लक्ष्मिनारायण यादवका अनुसार उनलाई आइसोलेसनमा राखेर स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । योसँगै मोरङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुईजना पुगेको छ ।

Comment


Related News

Latest News

Trending News