अपडेट 
२०७७ श्रावण २०, मंगलवार १३:३५

भारतमा गएको २४ घण्टामा ५२ हजारभन्दा धेरै कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।

योसँगै भारतमा सङ्क्रमितको सङ्ख्या १८ लाख ५५ हजार ७ सय ४६ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ८ सय ३ जनाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ हजार ९ सय ३८ पुगेको छ । भारतमा लगातार ६ दिनसम्म दैनिक ५० हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो १५ दिनमा भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । सङ्क्रमणको हिसाबले भारत विश्वकै अति-प्रभावित देशमध्ये तेस्रो नम्बरमा छ । 

यसैबीच भारतको कर्नाटक राज्यका पूर्व मुख्यमन्त्री तथा विधानसभाका विपक्षी नेता सिद्वारमैया कोरोना सङ्क्रमित हुनुभएको छ । उहाँले आज आफ्नो ट्वीटरमार्फत् सङ्क्रमित भएको जानकारी दिनुभएको हो । उहाँलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  उहाँले आफ्नो सम्पर्कमा आउने सबैलाई परीक्षण गर्नसमेत आग्रह गर्नुभएको छ । 

Comment


Related News

Latest News

Trending News