अपडेट 
२०७७ श्रावण २१, बुधबार ०७:०४

लेबनानको राजधानी बेरुतस्थित एक गोदाममा बुधबार शक्तिशाली विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ। सयौं घाइते भएका छन्। लेबनानका स्वास्थ्यमन्त्रीले अहिलेसम्म ७० जनाको मृत्यु पुष्टि गरेका छन्। चार हजार बढि मानिस घाइते भएको उनले बताएका छन्। भारी विस्फोटक सामाग्री भएको गोदाममा विस्फोट भएको हो । राष्ट्रपति माइकल इयोनले २७ सय ५० टन विस्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएको भन्दै निन्दा व्यक्त गर्नुभएको छ । उहाँले विस्फोट कसरी भयो भन्ने बारेमा अनुसन्धान थाल्न पनि निर्देशन दिइसक्नुभएको छ । लेबनानाका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन्।

अधिकारीका अनुसार विस्फोटक पदार्थ भण्डारण गरिएको गोदाममा विस्फोट भएको हो। बीबीसी संवाददाताका अनुसार ठूलो मात्रामा मानवीय क्षति भएको छ। शव यत्रतत्र छरिएका छन्। लेबनानी प्रधानमन्त्री असन दिआबले घटना भयावह भएको बताएका छन्। दोषीलाई नछाडिने चेतावनी पनि उनले दिएका छन्। यतिबेला अस्पतालहरू घाइतेले भरिएका छन्। विस्फोटपछि वरपरका भवनहरु ध्वस्त भएका छन् । विस्फोटनको आवाज २४० किलोमिटर पर साइप्रससम्म सुनिएको बताइएको छ । विस्फोट समुन्द्री तटीय क्षेत्रमा भएको छ । समाचारअनुसार त्यस गोदाममा सन् २०१४ देखि नाइट्रेट भण्डारण गरी राखिएको थियो।

विस्फोट कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको राष्ट्रपति माइकल इयोनले जानकारी दिएका छन्।

Comment


Related News

Latest News

Trending News