अपडेट 
२०७७ श्रावण २१, बुधबार २१:१०

भारतको अयोध्यामा राम मन्दिरको शिलान्यास भएसंगै जनकपुरधाममा पनि भव्य उत्साहका साथ खुसीयाली मनाईएको छ ।

भारतको अयोध्यामा राम मन्दिरको शिलान्यासका लागि भूमि पुजन भएको खुसियालीमा जनकपुरधाममा भव्यरुपमा दिप प्रज्वलन गरिएको छ ।जनकपुरधामस्थित जानकी मन्दिरसहित विभिन्न मठ मन्दिरमा भूमि पुजनको खुशियालीमा जनकपुरधाममा रामधुन बजाउँदै भजन किर्तन गरिएको छ भने साँझमा घर आँगन, सडक पेटिका लगायतका क्षेत्रमा समेत रंगोली बनाएर दिप प्रज्वलन गरिएको छ ।लामो समयदेखि विवादमा रहेको राम मन्दिर निर्माण सम्बन्धमा भारतको सर्वोच्च अदालतले राम मन्दिरको पक्षमा निर्णय सुनाएपछि आज भएको भूमि पुजनको अवसरमा भगवान रामको ससुराली जनकपुरधाममा विहान भजन किर्तन र साँझमा दिप प्रज्वलनसहित रंगोली बनाएका छन् ।

त्यस्तै जनकपुरधाममा जानकी युवा क्लबले भव्यरुपमा जानकी चोकमा दिप प्रज्वलनसहित रंगोली बनाएर उत्सव नै मनाएका छन् ।

राम मन्दिरको भूमि पुजनमा सरिक हुन जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णव मंगलबार साँझ भारतको अयोध्या प्रस्थान गरेका थिए । उनी अयोध्या भएपनि मन्दिर निर्माणको खुसियालीमा जानकी मन्दिरमा दिनमा भजन किर्तनको आयोजना गरिएको छ भने साँझमा जानकी मन्दिरमा दिपावली मनाइएको छ ।

Comment


Related News

Latest News

Trending News