अपडेट 
२०७७ श्रावण २१, बुधबार २१:२०

बारामा चिकित्सक, प्रहरी र पत्रकारसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले सिमरामा १७ जना, इलाका प्रहरी कार्यालय प्रसौनीका ५ जना प्रहरी र ८ जना पचरौता गाउँपालिकाका स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । साउन १६ गते इलाका प्रहरी कार्यालय प्रसौनीमा कार्यरत प्रहरी कर्मचारीको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परीक्षणका लागि पठाउँदा ५ जनाको पीसीआर पोजेटिभ आएको हो । ४४, ४२, १९, ३१ र ३१ वर्षीय प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाराको सिमरामा १ जना चिकित्सक, ५ जना नगरपालिकाका कर्मचारी, ५ जना स्वास्थ्यकर्मी लगायत १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय ५० जनाको स्वाब नमुना संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएकोमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको क्वारेन्टिन इन्चार्ज रामाकान्त रजकले जानकारी दिए । जीतपुर सिमरा उपमहानगरपालिकामा कार्यरत २७, २६, ३१ र २८ वर्षका ४ जना पुरुष तथा २७ वर्षीया एक जना महिलामा संक्रमण पुष्टि भएको छ । यसैगरी जितपुर सिमरा उपमहानगरपालिका ११ बस्ने ४५ वर्षका पुरुष, वडा नम्बर १४ बस्ने ६८ वर्षका पुरुष, वडा नम्बर ७ बस्ने वर्ष २९ का पुरुष, सोही वडा बस्ने उमेर नखुलेका एकजना पुरुष र वर्ष २३ की एक युवती तथा उमेर र ठेगाना नखुलेका अर्का एक महिलामा पनि संक्रमण पुष्टि भएको छ । सहरी स्वास्थ्य केन्द्र डुमरवानामा कार्यरत २४ र ४२ वर्षका पुरुष, पिलुवा स्वास्थ्य चौकीकी ५३ वर्षीया स्वास्थ्यकर्मी, प्राथमिक स्वास्थ्य केन्द्र सिमराका ३४ वर्षीया एकजना महिला र ४८ वर्षीय पुरुष स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । यसैगरी काठमाडौंको कागेश्वारी मनहरा-२ घर भई सिमरास्थित प्रभु बैङ्क सिमरामा कार्यरत २३ वर्षीया एक जना महिला कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै,

बाराको पचारौता गाउँपालिकामा ८ जनामा संक्रमण पुष्टि भएको छ । ५ जना महिलासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पचरौता नगरपालिकाले पीसीआर परीक्षणका लागि २९ जनाको नमुना संकलन गरेर प्रयोगशालामा पठाइएको थियो । पचरौता नगरपालिका १ पिपरपाती बस्ने ५८, २५, ५५ वर्षका तीन जना पुरुष तथा २०, १८, ४८, ४५ र ३६ वर्षीया ५ जना महिलामा संक्रमण पुष्टि भएको प्रहरी चौकी पिपरपातीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News