अपडेट 
२०७७ श्रावण २२, बिहीबार ०६:५०

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादबमा पनि कोरोना पुष्टि भएको छ ।

बुधवार साँझ आएको रिपोर्ट अनुसार मन्त्री यादबमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्रोतले जनाए । मन्त्री यादब मधेस भवनकै आइसोलेसनमा बसेका छन् । नेपालमा पहिलो पटक मन्त्रीलाई कोरोना लागेको छ । मन्त्री यादबकै मन्त्रालयका एक महिलासहित ७ कर्मचारी समेत कोरोना संक्रमित भएका छन् । संक्रमित कर्मचारीहरु २८ देखि ५२ वर्ष उमेर समुहका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का ६ कर्मचारी र सामाजिक विकास मन्त्रालयका समेत ३ कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ ।

Comment


Related News