२०७७ श्रावण २२, बिहीबार ०६:५४

सिन्धुली जिल्लाको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सहयोग सम्बन्ध स्थापना भएको छ । कमलामाईका मेयर खड्ग खत्री र मेसानका मेयर ह्यु आनखुनले बुधबार भर्चुअल समारोहमार्फत समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

दुवै नगरवासीबीच आपसी भ्रमणलाई सक्रिय रूपमा वृद्धि गर्ने, व्यापार, विज्ञान–प्रविधि, संस्कृति, पर्यटन, शिक्षा र साझा चासोका अन्य क्षेत्रहरूमा सहयोगलाई सुदृढ बनाउँदै लाने उल्लेख छ । सम्झौता अवधि पाँच वर्षका लागि भए पनि त्यसलाई निरन्तरता दिन चाहे नवीकरण गर्न सकिने भनिएको छ । हस्ताक्षर समारोहमा नेपालतर्फ संघीय सांसद गणेश पहाडी, प्रदेश सांसद विनोद खड्का, नेकपा केन्द्रीय सदस्य मनोजजंग थापा, पूर्वमुख्यसचिव एवं चीनका लागि पूर्वराजदूत लीलामणि पौडेल, कमलामाईकी उपप्रमुख मञ्जु देवकोटा, नेपाली कांग्रेसका सिन्धुली सभापति उज्ज्वल बराललगायत उपस्थित थिए ।

चिनियाँ कम्युनिस्ट पार्टी मेसान सिटीका उपसचिव ह्युयाङ जिन्दोङसहित त्यहाँका अधिकारीहरूको सहभागिता थियो ।

Comment

Related News

Latest News

Trending News