अपडेट 
२०७७ श्रावण २२, बिहीबार ११:३०

भारतमा कोरोनाका बिरामी उपचार गर्ने विशेष अस्पतालमा आगलागी भएकाे छ । गुजरात स्थित कोरोना विशेष अस्पतालमा आगलागी भएको हो ।  कोरोना विशेष अस्पतालमा आगलागी हुँदा ८ जना बिरामीको मृत्यु भएको भारतीय सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

गुजरातको नवरंगापुर क्षेत्रमा रहेको श्रेय अस्पतालमा बिहीबार बिहान करिब तीन बजेतिर आगलागी भएको स्थानीय अधिकारीले बताएका छन् । आगलागीबाट  ८ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुने मध्ये तीनजना महिला रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विद्युत सट सर्किटका कारण आगलागी भएको हो ।

एक घण्टाभित्रै आगो निभाइएको भए पनि भागदौडका कारण ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । आगलागीबाट पछि अस्पतालमा रहेका ४० जना संक्रमितलाई नजिकैको अर्को अस्पतालमा सारिएको छ । आगो नियन्त्रणमा खटिएका सबै अग्निनियन्त्रकलाई क्वारेन्टाइनमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News