अपडेट 
२०७७ श्रावण २२, बिहीबार १७:२२

वीरगञ्जको अस्थायी कोरोना विशेष अस्पतालमा एकजनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरका ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मधुमेह र मुटुरोगी उनी श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई साउन २२ गते साँझ नारायणी अस्पताल अन्तर्गतकाे कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बन्दै गएपछि गएराति १० बजेतिर भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । तर बिहीबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको गण्डक कोभिड अस्पालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए । ‘दुई दिन अगाडि साँझतिर भर्ना हुनुभएको थियो, स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि गएरातिबाट भेन्टिलेटरमा राखेर उपचार गर्दै थियौं,’ उनले भने, ‘तरपनि बचाउन सकेनौं ।’

पीसीआर परीक्षणका लागि स्वाब नमुना संकलन गरेर परीक्षणका लागि प्रयोगशाला पठाइएको भएपनि रिपोर्ट अझै आइनसकेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News