अपडेट 
२०७७ श्रावण २३, शुक्रबार ११:१८

सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ ।

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेर तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  हिजो तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो ।  अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएको तर उत्पादन कम भएको तथा ठूला देशबीच द्वन्द्व बढ्दै गएकाले सुनको भाउ लगातार उकालो लागेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

यस्तै चाँदीको भाउले पनि आज रेकर्ड बनाएको छ । चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ । यसअघि २०६८ साल वैशाख १६ गते चाँदीको भाउ अहिलेसम्मकै महँगो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News