अपडेट 
२०७७ श्रावण २३, शुक्रबार १४:००

भारतमा पछिल्लो २४ घण्टामा साढे ६२ हजार मानिसमा कोरोना भाइरस संक्रमण देखिएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा एकैदिनमा ६२ हजार पाँच सय ३८ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० लाख २७ हजार ७५ पुगेको मन्त्रालयले जानकारी दिएको छ । सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये १३ लाख ७८ हजार दुई सय १५ व्यक्ति निको भएर फर्किएका छन् । भारतमा बिहीबारसम्ममा कोरोना भाइरस निको हुनेक्रम ६७.३० प्रतिशतले बढेको पाइएको छ । भारतमा कोरोना संक्रमितमध्ये ४१ हजार पाँच सय ८५ जनाको मृत्यु भएको छ । निको हुनेको संख्या भने वृद्धि भएको देखिएको छ । हाल भारतमा ६ लाख ७ हजार दुई सय ४४ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका बताइएको छ ।

भारतको महाराष्ट्र राज्यमा सबैभन्दा धेरै कोरोना भाइरस सङ्क्रमित छन् । कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडू र तेस्रोमा नयाँदिल्ली रहेका छन् ।

Comment


Related News