अपडेट 
२०७७ श्रावण २४, शनिबार ०६:५४

भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना हुँदा २०जनाको मृत्यु भएको छ ।

चालक दलका ६ सदस्यसहित कतारबाट १८४ यात्रु लिएर आएको एयर इन्डिया एक्सप्रेसको AXB १३४४, बोइंग विमानमा १० बालबालिकासमेत रहेका थिए । उक्त विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरणका क्रममा शुक्रबार साँझ नेपाली समय अनुसार ७:४५ बजे दुर्घटना हुँदा दुई पाइलटसहित २० जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । दुर्घटनामा १७३ जना घाइते भएका छन् । त्यसमध्ये २० देखि २५ यात्रुको अवस्था चिन्ताजनक रहेको बीबीसी हिन्दीले जनाएको छ । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भारी वर्षाका कारण अवतरणका क्रममा रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो । दुर्घटनापछि विमान दुई टुक्रा भएको छ। विमान दुई टुक्रा भएपनि आगलागी भने भएको थिएन ।

Comment

Related News

Latest News

Trending News