२०७७ श्रावण २४, शनिबार ०७:१०

एउटा घरमा मूसाहरुको ठुलो वथान थियो । सबै उमेरका मूसाहरु आपसमा मिलेर बसेका थिए । दिनभरि आहार खोजी गर्थे अनि मज्जा गरेर रात बिताउ“थे । सबका सब मस्त थिए । मूसाहरुको खुसी देखेर टोल छिमेकका मूसाहरु डाहा गर्थे । तर उनिहरुको यो खुसी धेरै दिनसम्म रह्न सकेन । घर छेउमै एउटा विरालोले डेरा जमायो । बिरालो मौका कुमौका घर भित्र छिर्थे अनि एउटा मुसालाई टिपेर लैजान्थे । बिरालोको दैनिक आक्रमणबाट मूसाहरुको संख्या घट्न थाले । मूसाहरु चिन्तित भए । एक दिन मूसाहरुको बैठक बस्यो । उनिहरु वास सर्ने निधो गरे । मूसाहरुको वथानमा एउटा युवा पनि थियो । जुंगाको रेखी बसेको । लक्का जवान । उसले भने – ‘ होईन , हामी जहा“ गए पनि बिरालो त आई हाल्छ नि । हामी बिरालोका आहार जो हौं । भाग्ने होईन , हामीले बिरालोसंग संघर्ष गर्नु पर्दछ । ’ , सबैले युवा मूसाको जोसलाई सलाम गर्दै उसको नाममा जयकारा लगाए । बिरालोसंग संघर्ष गर्ने निर्णय भए पनि मूसा मर्ने क्रम भने रोकिएन । यसको कारण थियो – युवा मूसा एक्लै बिरालोसंग प्रतिष्पर्धा गर्ने हिम्मत जुटाउन सकि रहेका थिएन अनि विचराहरुमा सामूहिक आक्रमण गर्ने सिप पनि हुदैनन् । पुनः मूसाहरुको बैठक भयो र वसाई सर्ने अन्तिम निर्णय भयो । सबै मूसा वसाई सर्ने तयारी गरी रहदा एउटा पाको उमेरका मूसाले भने – अब त मेरो उमेर पनि ढलि सक्यो । मलाई आहार बनाए पनि केही बिग्रिदैन ।

मेरा छोरा नाति सुरक्षित रहे भई गो नि । मलाई एक मौका देऊ । मुखिया मूसाको कुरा सबैले माने । त्यो दिन बिरालोले दुई भाई मूसालाई सिकार बनाए । अघाउनेगरी सिकार खाएका बिरालो मस्त निन्द्रामा सुति रहेको थियो । बुढो मूसा ज्यानको पर्वाह नगरी मस्त निदाई रहेको बिरालोको घांटीमा घन्टी बा“ध्न भ्याए । वस अव के थियो – मूसा घर भित्र छिर्ने वित्तिकै उसको घांटीमा झुण्डिई रहेको घन्टी टून टून बज्न थाले । घन्टीको आवाज सुन्ने वित्तिकै मूसाहरु अ– आफ्ना दुलो भित्र छिर्थे । मूसा मर्ने क्रम रोकियो । उनिहरु पुनः खुसी साथ जीवन व्यतीत गर्न थाले । बुढा मूसा एउटा प्रतिकमात्र हो । यदि उसले पहिले आफू मरिन्छ भन्ने सोंचेको भए , मूसाको समूह समूल नास हुन्थे । बिरालोले पालो पालो मूसाको वथानलाई नै स्वाहा पार्थे तर बुढा मूसाले हिम्मत गरे । बिरालोको घांटीमा घन्टी झुण्डियाए अनि आफ्ना समूहको रक्षा गरे । अचेल हामी सबै आफ्नो पालो कुरेर बसेका छौ । चाहे भोज भतेर होस कि कोरोना महामारीको । जबसम्म हाम्रो आफ्नो पालो आउदैन तबसम्म हामी चुई बोल्दैनौं । भनिन्छ मरेपछि स्वर्ग देखिन्छ रे । राजू सदा जीवनजल समेत खान नपाएर मृत्यु वरण गरी रहदा हामी निदाई रहेका थियौं । राजू र सम्भु सदाहरुको मृत्युको विरोधमा दलित समाज सडक तताई रहदा , पुलिसले बर्बर हस्तक्षेप गर्यो तर हामी ऐक्यवद्धता सम्म जनाउन सकेनौ । राजू सदा मृत्यु छानविन गन प्रदेश सरकारले बनाएको छानविन समितिको प्रतिवेदन अझै पनि सार्वजनिक हुन सकेको छैन । अझै पनि दलित समुदायको हार गुहार हाम्रो कानसम्म पुग्न सकेको छैन । हाम्रो चुप्पीको दण्ड विशेश्वर यादवले भोग्नु पर्यो । कोरोना पोजिटिभ विशेश्वर यादवलाई अन्तिम जा“च नगरी घर पठाइयो ।

उसलाई समाजलेमात्र होईन घर परिवारका सदस्यले समेत स्वीकारेनन । विचलित विशेश्वर अन्ततः आत्महत्या गरे । प्रदेशका मुख्यमन्त्री लालबाबू राउत माफी मागे तर माफी माग्दैमा विशेश्वर यादवको मृत्य आत्माले न्याय पाउने होईन । विशेश्वर यादवको आत्महत्यालाई मैले तिनै तहका सरकारको वेथितिको कारण भएको हत्या भन्ने गरेको छु । हाम्रो चुप्पी पुन ः अर्को राजू सदा र विशेश्वर यादवहरुको मृत्युको कारण बन्न सक्छ । यहा“ सवाल उठछ – यी वेथितिहरुको विरुद्ध कति दिनसम्म चुप्प बस्ने ?राजनीतिको कुरा गर्न मन भएपनि नभएपनि गर्नै पर्ने वाध्यता छ । कारण सबै थोक राजनीतिमै गएर ठोकिन्छ । स्कूले शिक्षाको कुरा गर्नोस् , यसको व्यवस्थापन समितिमा राजनीतिकर्मीकै बोलवाला हुन्छ । अस्पतालको कुरा गरौं यसको व्यवस्थापन समितिमा पनि राजनीतिकर्मीकै हालीमुहाली हुन्छन् । शिक्षक, प्राध्यापक, पत्रकार ,उद्योगी व्यावसायी वा अन्य कुनै वर्ग वा पेसाको कुरा गरौं सबैको नेतृत्व तहमा राजनीतिक पार्टीहरुकै धुरन्धरहरु विराजमान हुन्छन् । जो सुरुमा न्यायका कुरा गर्छन र पछि आफ्ना राजनीतिक आकाको ईसारामा आन्दोलनलाई समझौतामा लगेर समापन गर्छन । राजनीति एउटा विषय हो अनि शिक्षा, स्वास्थ्य, समाज अर्को । तर यी विषयहरुमा समेत राजनीति छिरेपछि सबै थोक गंजागोल हुन पुग्छ । प्रधानमन्त्री केपी शर्मा ओली नेपालको ठोरीलाई अयोध्या भन्दै भगवान रामको जन्म ठोरीमै भएको ढिप्पी कसि रहदा उनका हनुमानहरु जयकारा लगाउ“छन् । नानाथरि तर्क–वितर्क गर्छन । आवश्यकताअनुसार गाली गलौजमै उत्रिन्छन् ।

मुख्यमन्त्री लालबाबू राउत कोरोना संक्रमण रोक्न भरपूर व्यवस्था गरेको झूठ बोली रहदा सत्ताधारी पार्टीका चटकेहरु ताली बजाई बजाई उर्फिन्छन् । मधेस विरोधी संविधान जारी हुदा होस्टेमा ैसे गर्दै काग्रेस कार्यकर्ताहरु पनि एमाले र माओवादीसंगै दीपावली मनाए , कसैले प्रतिवादका एक शब्द उच्चारण गरेनन् । अझै पनि के बुझ्न सकिएको छैन भने यी राजनीतिक दलहरुले कार्यकर्ता बनाएका हुन कि भेडा पालेका हुन् । कार्यकर्ताहरु पार्टीको नीति , कार्यक्रमका जानकार हुन्छन् । प्रशिक्षित हुन्छन् । तर्क–वितर्क गर्ने हैसियतका हुन्छन् । हनुमान जस्तै जयकारामात्र लगाउदैनन् । आफ्ना नेताको काम कार्यवाही अथवा नितीमाथि तर्क वितर्क नगर्ने कार्यकर्ता हुदै होईनन् । विवेक विनाका भेडा हुन । वथानको मुखिया खाल्टोमा खसे पछाडि हिडी रहेका अन्य भेंडाहरु पनि खाल्टोमा जाकिन्छन् । पार्टीका मुखियाहरु हो । अव भेडा पाल्ने काम बन्द गर्नोस् । कार्यकर्ता निर्माण गर्नोस् । जसलाई सत्य र असत्यबीचको भेउ थाहा होस् । जो विवेकको प्रयोग गर्न सकोस् । कोरोना महामारीको यस दौडमा सच्चा कार्यकर्ताहरुको आवश्यकता महसूस हुदैछ । प्रदेश २ सरकार २ थान पिसीआर मेसिन र ५० थान भेन्टिलेटर खरीद गर्न ६८ करोड वजेट विनियोजन गर्यो तर भेन्टीलेटर अझै खरीद हुन सकेको छैन । पूर्वी धनुषाका एक युवक भेन्टिलेटरको आभावमा ज्यान दिन वाध्य भएका छन् । प्रदेश भित्रका क्वारेन्टीन, आइसोलेशन तथा अस्पतालहरुको अवस्था कहाली लाग्दो छ । वजेट आभाव नभए पनि व्यवस्थापन भने हुन सकेको छैन । यी वेथितीहरुको विरोधमा सत्तापक्षका नेता बाल्ने कुरै भएन । केही भेडाहरुले सत्ताका हुण्डी खाएका होलान । उनिहरु पनि बोल्दैनन् । प्रतिपक्षका नेताहरु पनि हैसियत अनुसारका ‘ हुण्डी ’ पाएकै होलान ।

भेडाहरु चुप्प बसेको अर्थ बुझ्न सकिन्छ तर पक्ष र प्रतिपक्ष दुबै तर्फका कार्यकर्ताहरुको चुप्पी बुभिनसक्नु भएको छ । मुलुकमा भएका सम्पूर्ण राजनीतिक परिवर्तनका वाहक आफ्नो विवेक प्रयोग गर्ने हैसियतका यिनै कार्यकर्ताहरु हुन । उनिहरुकै सहादतको वलिवेदीमा मुलुक गणतन्त्रमय बनेको छ । संघीयता र समावेशी समानुपातिक प्रणालीको सूत्रपात पनि यिनै कार्यकर्ताहरुको जोडवलमा भएका हुन् । आवश्यकताअनुसार आफ् ना ज्यानको वाजी समेत लगाउने सच्चा कार्यकर्ताहरु यस विपदको वेला आफ्नो पालो कुरेर बस्नु दुःखद हो ।

Comment


Related News

Latest News

Trending News