२०७७ श्रावण २४, शनिबार ११:४५

पर्सामा अस्पतालले भर्ना नलिएपछि उपचार अभावमा एक महिलाको ज्यान गएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं २ छपकैयाकी २० वर्षकी विष्णु लामाको ज्यान गएको हो । ज्वरोका कारण तीन दिनदेखि बिरामी लामाको उपचार नपाएर ज्यान गएको छिमेकी अजित भुजेलले बताउनुभयो।  उहाँलाई वीरगञ्जको एडभान्स अस्पताल, तराई अस्पताल, भवानी अस्पताल, बयोधा अस्पताल, नेशनल मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो । अन्तिममा नारायणी अस्पतालले अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर लैजान भनेको थियो ।  तर वीरगञ्ज हेल्थ केयर अस्पतालले पनि कोभिड पुष्टि भएकाहरुको मात्र उपचार हुने भनेर भर्ना लिन नमानेको पीडित परिवारको गुनासो छ । गण्डक कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहसँग फोन सम्पर्क गरेर बिरामीको अवस्था बताएपछि रातको २ बजे अस्पताल पुर्याएको भुजेलले बताउनुभयो । ज्यान गुमाएकी लामामा थाइराइडको पनि समस्या थियो । 

अस्पतालले कोरोना भाइरस परीक्षणका लागि उहाँको स्वाब संकलन गरेको छ । त्यसको रिपोर्ट आउन भने बाँकी छ । यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सबै निजी अस्पताललाई पत्राचार गर्दै कुनै पनि बिरामीलाई उपचार नगरेर नफर्काउन निर्देशन समेत दिएको थियो ।

Comment


Related News

Latest News

Trending News