
सन् २०२१ को आईसीसी टी–२० विश्वकप क्रिकेट भारतमै हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०२१ को टी–२० विश्वकप नसर्ने र भारतमै हुने जनाएको हो ।
अष्ट्रेलियामा यस वर्ष हुने भनिएको टी–२० विश्वकप कोरोना महामारीको कारण स्थगित भएपछि २०२१ मा भारत र अष्ट्रेलियामध्ये कसले विश्वकप आयोजना गर्ने भन्ने बहस चलेको थियो तर आईसीसीले २०२१ मा भारतमै विश्कप हुने निर्णय गरेपछि त्यसको अन्योलता हटेको छ ।
आईसीसीबाट अनुमति पाएसँगै भारतमा हुने विश्वकप सन् २०२१ को अक्टोबरदेखि नोभेम्बरसम्म हुनेछ । अष्ट्रेलियामा २०२१ मै हुने भनिएको टी–२० विश्वकप भने २०२२ सम्मका लागि स्थगित गरिएको छ ।
अष्ट्रेलियामा यसै वर्ष अक्टोबरमा आयोजना हुने भनिएको टी–२० विश्वकप कोरोना भाइरस महामारीको कारण २०२१ सम्मको लागि स्थगित गरिएको थियो ।